धनुषा २ का मुख्य निर्वाचन अधिकृत कोइरालालाई बर्खास्त गर्न माग गर्दै एमालेको प्रदर्शन (भिडिओ) – Nepal Press

धनुषा २ का मुख्य निर्वाचन अधिकृत कोइरालालाई बर्खास्त गर्न माग गर्दै एमालेको प्रदर्शन (भिडिओ)

जनकपुरधाम । धनुषा २ को मतगणनामा धाँधली गरेको भन्दै मुख्य निर्वाचन अधिकृत रहेका सरकारी वकिल धर्म अवतार कोइरालालाई कारबाही गर्न नेकपा एमालेले आज जनकपुरधाममा प्रदर्शन गरेको छ ।

एमाले उम्मेदवार उमाशङ्कर अरगरिया र उनका समर्थकहरूले आज जनकपुरधाममा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले मुख्य निर्वाचन अधिकृत कोइरालालाई कारबाही गर, अर्को बाकसमा खसेको सदर मत गणना गर, आयोगको निर्देशिका बमोजिम मत गणना गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लगाएका छन् ।

उम्मेदवार अरगरियाले प्रदेशसभाको बाकसमा खसेको करिब ४ सय सदर मत गणना नगरी परिणाम घोषणा गरी आफूलाई षड्यन्त्रपूर्वक पराजित गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘५ मतले म अगाडी थिए । तर आधा घण्टामै १६ वटा वडाको मतगणना सकाएर हतार हतार परिणाम घोषणा गर्ने काम मुख्य निर्वाचन अधिकृतले गरे । म विरुद्ध ठूलो षड्यन्त्र भयो । यस विरूद्ध म सडकसँगै कानूनी लडाई लड्छु ।’

जनताको मत आफू निर्वाचन भएको उल्लेख गर्दै उनले सर्टिफिकेट दिँदैमा कोही सांसद नहुने बताए ।

उनले निष्पक्ष तरिकाले पुनः मतगणना गर्न पनि माग गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत कोइरालाले कुन मतदान केन्द्रमा कति मत खसेको र कति मत गणना भएको सूचना पनि दिन नमानेको उम्मेदवार अरगरियाको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर