झलनाथ खनालले गरे मतगणना बहिस्कार, इलाम १ मा पुनः मतदानको माग
नेपाल प्रेस
२०७९ मंसिर १० गते १४:११
इलाम । काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले मतगणना बहिस्कार गरेका छन् ।
उनले धाँधली भएको भन्दै इलाम १ मा पुनः मतदानको माग गरेका छन् । यसबारेमा निर्वाचन आयोगलाई समेत जानकारी दिएको र पत्रकार सम्मेलन गरेर आफू मतगणनामा सहभागी नहुने जानकारी दिने उनले बताए ।
खनालले मतगणनाको सुरुदेखि नै गडबड भएको उनले बताए । खनाल एमालेका महेश बस्नेतसँग करिब ३ हजार मतले पछि परेका छन् ।
उनको आफ्नै नगरपालिकामा गणना जारी हुँदा पनि निरन्तर पछि परेपछि पुनः मतदानको माग गरेका हुन् ।
प्रतिक्रिया
विलेशी दलालका मतियार पदलोलुपहरू । हार्ने भएपछि लाज बचाउन बहिस्कारको नाटक गर्दैछन् ।