समानुपातिकमा घण्टीको अग्रता तोड्दै माओवादी तेस्रोमा उक्लियो – Nepal Press

समानुपातिकमा घण्टीको अग्रता तोड्दै माओवादी तेस्रोमा उक्लियो

काठमाडौं । समानुपातिक मतमा घण्टीको अग्रता तोड्दै माओवादी अघि बढेको छ । पछिल्लो अपडेट अनुसार माआवादीले ८ लाख मत कटाउँदा रास्वपाको ७ लाख ९९ हजार रहेको छ ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार मध्यान्न १२ सम्म नेकपा (माओवादी केन्द्र)ले आठ लाख १ हजार ३७९ मत प्राप्त गरेर तेस्रो स्थानमा उक्लिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ९९ हजार सात ८२ मत प्राप्त गरेर माओवादी भन्दा पछाडि परेको छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस अगाडि छ । हालसम्म एमालेले १८ लाख ९७ हजार २७ मत प्राप्त गरेको छ । कांग्रेसले १८ लाख ३ हजार ३६ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर