माओवादी लुम्बिनी अध्यक्ष पराजित, एमालेका चिन्तामणि पाण्डे निर्वाचित – Nepal Press

माओवादी लुम्बिनी अध्यक्ष पराजित, एमालेका चिन्तामणि पाण्डे निर्वाचित

रुपन्देही । नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराललाई पराजित गर्दै गुल्मी १ को प्रदेश सभा १ मा नेकपा एमालेका चिन्तामणी पाण्डे निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनको साझा उम्मेदार बनेका बराललाई ८२४ मतान्तरले हराउँदै पाण्डे प्रदेशसभामा निर्वाचित भएका हुन् । बराल ०६४ सालमा गुल्मी १ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए ।

पाण्डेले १५ हजार १२७ मत पाउँदा माओवादी केन्द्रका बरालले १४ हजार २६३ मत ल्याएका छन् । ०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित बराल प्रदेशको सामाजिक विकास मन्त्री भएका थिए ।

गुल्मी १ बाट गठबन्धनका उम्मेदार कांग्रेसका डा. चन्द्र भण्डारी प्रतिनिधि सभामा र धनेन्द्र कार्की प्रदेश सभामा निर्वाचित भएपनि माओवादीबाट बराल पराजित भएपछि कांग्रेसले अन्र्तघात गरेको माओवादीले गुनासो गर्न थालेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर