दाङ २ मा हराएकी रेखा शर्माले भेटिन् एमाले महासचिव शंकर पोखरेललाई – Nepal Press

दाङ २ मा हराएकी रेखा शर्माले भेटिन् एमाले महासचिव शंकर पोखरेललाई

रूपन्देही । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं दाङ निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य रेखा शर्माले नेकपा एमालेका महासचिव एवं आफ्ना निकटतम प्रतिद्वन्द्वी शंकर पोखरेलसँग शिष्टाचार भेट गरेकी छन् ।

शर्मा पोख्रेलको निवास पुगेर शुक्रबार बेलुका भेटवार्ता गरेकी हुन् । उनले दाङको समृद्धि नै आफ्नो अभिष्ट रहेकाले सबैसँग परामर्श गरेर अघि बढ्ने बताइन् । ‘तपाइँ हाम्रो अभिभावक हो, संयोगले हामी एकैसाथ चुनाव लड्ने अवस्था बन्यो र मैले चुनाव जितें’- शर्माले पोख्रेललाई भनिन्- ‘जित हार जे भए पनि दाङको समृद्धिको लागि तपाईंको राय सुझाव र मार्गनिर्देशन अपहरिहार्य हुनेछ । जनादेशअनुसार म राजकीय पदमा पुगे पनि तपाईं पनि सँगै हुनुहुन्छ भन्ने बुझेकी छु, तपाईंका चुनावी एजेण्डा अब मेरा पनि हुनेछन् । दाङको समृद्धिका लागि तपाईंसँग सल्लाह गरेर नै काम गर्नेछु ।’ यसअघि पनि दाङका महत्वपूर्ण विकास एजेण्डामा साझा पहल हुने गरेको स्मरण गराउँदै शर्माले अब पनि त्यसलाई निरन्तरता दिने बताइन् ।

महासचिव पोख्रेलले पनि दाङको विकासका लागि आफ्नो सहयोग हुने बताए । चुनाव जितेपछि पहिलो भेटघाटका लागि आफूकहाँ आएकोमा आभार प्रकट गर्दै उनले यो राजनीतिक संस्कारले देशभरमै सकारात्मक सन्देश दिने बताएका थिए ।

सो क्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं शर्मामा चुनावी कमाण्डर हेमराज शर्मा ‘डायमण्ड’लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर