कालिकोटमा माओवादी नेता महेन्द्रबहादुर शाही विजयी
नेपाल प्रेस
२०७९ मंसिर ९ गते १७:४२
काठमाडौं । कालिकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शाही २४ हजार २७४ मतसहित विजयी बनेका हुन् ।
उनका निकटतम प्रत्यासी नेकपा एमाले एमालेका नगिन्द्र शाहीले १६ हजार ४१० मत हासिल गरेका छन् । उनीहरुबीच आठ हजार ६४ मतको अन्तर छ ।
प्रतिक्रिया