उपेन्द्र यादव हारेपछि केन्द्रीय सदस्य तिवारीले छोडे जसपा
नेपाल प्रेस
२०७९ मंसिर ९ गते १७:११
जनकपुरधाम । सप्तरी २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा पराजित भएपछि सो क्षेत्रका नेता विकास तिवारी केन्द्रीय सदस्य पद त्यागेका छन् ।
नेता तिवारीले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको पत्र अध्यक्ष यादवलाई लेखेका हुन् । ’पार्टीको अकल्पनीय परिणाम देखेर नैतिकताको आधारमा राजिनामा दिँदैछु’, तिवारीले अध्यक्ष यादवलाई लेखेको पत्रमा उल्लेख छ ।
अगामी दिनमा पार्टीको निर्देशन बमोजिम साधरण सदस्यको रुपमापूर्ण सक्रियताका साथ काम गर्ने नेता तिवारीको भनाई छ ।
प्रतिक्रिया