नेपाल लाइफले गर्‍यो पाँच अर्ब तीन करोडको मृत्यु दाबी भुक्तानी – Nepal Press

नेपाल लाइफले गर्‍यो पाँच अर्ब तीन करोडको मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाँच अर्ब तीन करोड रुपैयाँ मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले असोज मसान्तसम्ममा उक्त दाबी भुक्तानी गरेको हो । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक मृत्यु दाबी भुक्तानी भएको नेपाल लाइफले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा ९९.०७ प्रतिशत मृत्यु दाबी भुक्तानी गर्दै नेपाल लाइफ सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने जीवन बीमा कम्पनी बनेको थियो । इन्स्योरेन्सले आधुनिक प्रविधिमार्फत छोटो समयमै मृत्यु दाबी भुक्तानी गर्ने व्यवस्था मिलाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जानकारी दिए ।

कम्पनीको २०७९ असोज मसान्त सम्ममा एक खर्ब ४९ अर्ब ७६ करोड रुपैयाँ लगानी रहेको छ भने जीवन बीमा कोष एक खर्ब ४२ अर्व नौ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब तीन करोडभन्दा बढी रहेको छ । कम्पनीमा दुई लाख १२ हजार ३६२ भन्दाबढी अभिकर्ता रहेका छन् ।

करिब १९७ कार्यालय सञ्जाल मार्फत जीवन बीमासम्बन्धी सेवा दिँदै आएको छ । कम्पनीले हालसम्म एक खर्ब ९७ अर्ब १८ करोड रुपैया बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१ लाख १५ हजार ४२० बीमालेख जारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *