गाली खाएरै भएपनि अर्थतन्त्र सुधार्नुपर्ने बाध्यता छ : गभर्नर अधिकारी – Nepal Press

गाली खाएरै भएपनि अर्थतन्त्र सुधार्नुपर्ने बाध्यता छ : गभर्नर अधिकारी

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा गाली खाएर भएपनि अर्थतन्त्र सन्तुलित बनाउनुपर्ने बाध्यता भएको बताएका छन् । अहिले संसारभर नै आर्थिक सन्तुलन खलबलिएकाले गर्भनर अथवा अर्थमन्त्रीले गाली खाएरै भएपनि अर्थतन्त्र सन्तुलित बनाउँनुपर्छ , गर्भनर अधिकारीले भने ।

पछिल्लो समय महंगीले संसारभरकै केन्द्रीय बैंक तवावपुर्ण अवस्थामा रहेका छन् । नेपाल पनि त्यसबाट अछुतो छैन । गत वर्ष नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र निकै तनावपुर्ण रहेको बताउँदै गर्भनर अधिकारीले अब आन्तरिक उत्पादनमा ध्यान नदिए फस्न सक्ने उल्लेख गरे । उनी भन्छन्, ‘गतवर्ष नेपालले २ अर्ब ३४ करोड डलर विदेशी मुद्रा सञ्चिती गुमायो, यसलाई बचाउँनकै लागि नीतिगत दरमा कडा गर्नुपर्यो ।’

शुक्रबार इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजको ४४ औ बार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले वित्तिय व्यवस्थापनमा सरकारलाई असहजपर्ने बताए । गर्भनर अधिकारीले आगामी साता मौद्रिक नीति समिक्षा सार्वजनिक हुने जानकारी पनि गराएका छन् । सम्भजत मौद्रिक नीतिमा केही हेरफेर हुनसक्ने बुझिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *