जितपछि गोकुलले भने- ममाथि लगाइएका फाल्तू आरोपलाई जनताको इजलासले खारेज गर्‍यो (भिडिओ) – Nepal Press

जितपछि गोकुलले भने- ममाथि लगाइएका फाल्तू आरोपलाई जनताको इजलासले खारेज गर्‍यो (भिडिओ)

काठमाडौं । नेकपा एमाले नेता गोकुल बाँस्कोटाले आफूमाथि लगाएको फाल्तू आरोपलाई जनताको इजलासले खारेज गरेको दाबी गरेका छन् ।

काभ्रे २ बाट निर्वाचित भएपछि भएपछि उनले काभ्रेको विकास निर्माणका लागि आफूसँग पराजित भएकाहरूसँग पनि हातेमालो गरेर काम गर्ने बताए । अबको लडाईं राजनीतिक रूपमा भन्दापनि मुलुकको समस्या समाधान गर्नुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामीलाई न्याय र विश्वास गर्नका लागि जनताले साथ दिनुभएको छ । राजनीतिमा गठबन्धन गर्ने पाउँदैनन् भन्ने होइन । गठबन्धन देशको लागि उपयुक्त र महत्वपूर्ण होइन ।’

गोकुलले गठबन्धनले कसलाई क्षति पुर्‍याएको वा नपुर्‍याएको आत्मसमीक्षा गर्नुपर्ने बताए ।

‘निर्वाचनको बेलामा अरु मसला नभएपछि विपक्षीले बनाए । मैले त मेरो उम्मेदवारी नै खारेज गरेको भए हुन्थ्यो नि त्यसो भए त्यही बेलामा भनेको थिए । त्यसैले आफूमाथि लागेको आरोप सत्य होइन भन्ने पुष्टि भइसक्यो । कसले के भन्छन् भन्ने कुराको पछि लागेर हिँड्न आवश्यक छैन । त्यो कुरा गलत हो भनेर जनअदालतले खारेज गरिसकेको छ’ उनले भने ।

तस्बिर: गाैरव पाैडेल

प्रतिक्रिया

2 thoughts on “जितपछि गोकुलले भने- ममाथि लगाइएका फाल्तू आरोपलाई जनताको इजलासले खारेज गर्‍यो (भिडिओ)

  1. तपाईलाई जनताले कहिल्यै पनि आरोप लगाएनन् । आरोप लगाउने दलाल र यो देश बेचुवा अनि तिनका मतियार मात्र हुन् । देश लुटेराहरूले पैसा विदेशमा लैजान नपाएर मिश्र जस्ता दलाल खडा गरेर नक्कली आरोप लगाएका हुन् । तपाई ईमान्दार, निष्कलंक र देशभक्त हुनुहुन्छ भन्नेमा हामीलाई कहिल्यै शंका थिएन ।

    1. गोकुल बास्कोटा मुखको साह्रै छुच्चो हो तर भ्रष्ट्राचारको आरोप चाहिँ विनोद चौधरीको एजेन्ट ले ल्याएको बनावटी आरोप हो । सिजी मोबाइल लाइसेंस दिन मिल्दैन भन्यो भनेर देखाई दिएको डलरको तुजुक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर