द्वारिकलाललाई हराउँदै सुनसरीमा एमालेका रेवती विजयी – Nepal Press

द्वारिकलाललाई हराउँदै सुनसरीमा एमालेका रेवती विजयी

इटहरी । सुनसरी २ को प्रदेशसभा निर्वाचन क्षेत्र १ मा एमालेका रेवती भण्डारी विजयी भएका छन् ।

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरीलाई २६८० मतान्तरले हराउँदै भण्डारीले जित हात पारेका हुन् । चुनावको मुखैमा एमाले छाडेका द्वारिकलालले माओवादीबाट प्रदेशसभाको टिकट लिएका थिए ।

भण्डारीले १४५२८ ल्याउँदा चौधरीको ११८४८ मत आएको छ ।

तेस्रो स्थानको राप्रपाका मोहनबहादुर खत्रीले ९३२८ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर