विष्णु पाैडेलकाे क्षेत्रमा रोकिएको गणना सुरु भएन – Nepal Press

विष्णु पाैडेलकाे क्षेत्रमा रोकिएको गणना सुरु भएन

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ मा मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्रको संंख्यामा ३४ वटा बढी भटिएको भन्दै विवाद बढेपछि मतगणना रोकिएको छ ।

मुचुल्काभन्दा मतगणनामा ३४ मत कसरी बढी भेटियो भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले बिरोध गरेपछि मतगणना रोकिएको हो ।

बिहानैबाट रोकिएको मतगणना कार्य सुचारु गराउने प्रयास भइरहेको निर्वाचन अधिकृत उदबीर नेपालीले बताए। मतपेटिकामा मुचुल्कामा भन्दा ३४ थान मतपत्र बढी देखिएपछि रास्वपाका प्रतिनिधि तथा गठबन्धनका प्रतिनिधिहरुले मतदान स्थगित गर्न माग गर्दै धर्ना बसेका थिए । उनीहरु मतगणना छाडेर धर्ना बसेपछि रोकिएको मतगणना अहिलेसम्म सुरु भएको छैन ।

मुचुल्कामा लेखिएको मतपत्रको संख्याभन्दा केही फरक परेपनि महिला र पुरुषको मतपत्र भिडाउँदा संख्या मिल्न गएको निर्वाचन अधिकृत नेपालीले दाबी गरे । उनले दलका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाइएको र केहीबेरमा मतगणना सुचारु हुने बताए ।

मतगणनाका विषयमा सामाजिक सन्जालमा अनावश्यक विवाद बनाइएको भन्दै निर्वाचनमा खटिएका कर्मचारी असन्तुष्ट भएका छन् । सबै दलका एजेन्ट बसेर मुचुल्का बनाइएको हो, सबैको रोहबरमा गनिएको छ, बाकस खोलिएको छ, सामान्य कमजोरीलाई अनावश्यक रुपमा बल्झाएर बाहिर हाम्रो कमजोरीलाई देखाउनु राम्रो होइन–एक कर्मचारीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर