मधेसका कृषिमन्त्रीलाई हराएर प्रदेशसभामा जनमतका संजय निर्वाचित – Nepal Press

मधेसका कृषिमन्त्रीलाई हराएर प्रदेशसभामा जनमतका संजय निर्वाचित

जनकपुरधाम । सिरहा प्रदेशसभा क्षेत्र २(१)बाट चुनाव लडेका मधेस प्रदेशका कृषिमन्त्री विजय यादवलाई जनमत पार्टीका संजय यादवले पराजित गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार १२ हजार १७१ मत ल्याएर जनमतका संजय निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी जसपा उम्मेदवार विजयले ११ हजार ५२७ मत पाए ।

प्रदेशसभा सदस्यमा निर्वाचित संजय स्थानीय तहको निर्वाचनमा जनमतबाटै औरही गाउँपालिका‌ अध्यक्षमा पराजित भएका थिए । उनी जनमतका केन्द्रीय सचिव पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर