रुपन्देही २(२) बाट एमालेका श्रेष्ठ विजयी – Nepal Press

रुपन्देही २(२) बाट एमालेका श्रेष्ठ विजयी

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ (२) बाट नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

श्रेष्ठले १६ हजार ३ सय मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका वामदेव घिमिरे क्षेत्रीले ९ हजार ४ सय १० मत प्राप्त गरेका छन् ।

निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४० हजार १ सय ५८ मत खसेको थियो। विजयी श्रेष्ठ यसअघि यही क्षेत्रबाट निर्वाचित भई लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री समेत बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर