दाङ १ मा नेकपा एसका मेटमणि चौधरी विजयी
नेपाल प्रेस
२०७९ मंसिर ८ गते २३:४९
काठमाडौं । दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका मेटमणि चौधरी निर्वाचित भएका छन् ।
उनले नेकपा एमालेकी शान्ता चौधरीलाई पराजित गरेका हुन् ।
चौधरीले २६ हजार ५६३ पाउँदा शान्ताले २१ हजार ४७९ मत पाइन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९४ पाए । नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ८०१० मत पाएका छन् ।
प्रतिक्रिया