बर्दिया १ मा अघिल्लो चुनावमा वामदेवलाई हराएका संजयले यसपटक ज्वाईंलाई हराए – Nepal Press

बर्दिया १ मा अघिल्लो चुनावमा वामदेवलाई हराएका संजयले यसपटक ज्वाईंलाई हराए

रूपन्देही । बर्दियाको क्षेत्र नं. १ मा नेपाली कांग्रेसका संजयकुमार गौतम विजयी भएका छन् । नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीलाई ४ हजार ४५६ मतान्तरले पराजित गर्दै गौतम विजयी भएका हुन् ।

गौतमले ३० हजार ६११ मत र ज्ञवालीले २६ हजार १५५ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारुले २३ हजार ९९३ मत प्राप्त गरेका छन् ।

अघिल्लो चुनावमा एमालेका तत्कालीन नेता वामदेव गौतमलाई हराएर चर्चामा आएका गौतमले अहिले उनकै ज्वाईंलाई हराएका हुन् । एमाले नेता ज्ञवाली वामदेवका बहिनीज्वाइँ हुन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर