बैतडीमा एमालेका दामोदर भण्डरीको ह्याट्रिक – Nepal Press

बैतडीमा एमालेका दामोदर भण्डरीको ह्याट्रिक

काठमाडौं । बैतडीमा प्रतिनिधि सभामा नेकपा एमालेका दामोदर भण्डारीले लगातार तेस्रो जीत हासिल गरेका छन् । गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र बहादुर कुँवरलाई पराजित गर्दै भण्डारीले जीत हात पारेका हुन् ।

भण्डारीले ३३ हजार ६११ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत ल्याए । कुँवरलाई १ हजार ५३१ मतले पछि पार्दै भण्डारीले लगातार तेस्रो पटक जित हात पारेका हुन् ।

दोस्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको निर्वाचनमा विजय हासिल गरेका नेता भण्डारीले २०७९ मा पनि जित हासिल गरेका हुन् ।

२०६४ सालको पहिलो संविधानसभामा भण्डारी कुवरसँग पराजित भएका थिए । दोस्रो संविधान सभा निर्वाचनमा भण्डारीले कुँवरलाई पराजित गरे । २०७४ मा बाम गठबन्धनबाट दुवैले दाबी गरेका थिए । पछि एमालेलाई भाग परेपछि भण्डारी निर्वाचनमा होमिए र जिते । ९ वर्ष फेरि भण्डारी र कुँवरको भेट भएको हो । यस पटक पनि भण्डारीसँग कुँवर पराजित भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर