विश्वकपः स्विजरल्यान्डको विजयी सुरुआत – Nepal Press

विश्वकपः स्विजरल्यान्डको विजयी सुरुआत

काठमाडौं । ब्रिल इम्बोलोको गोलमा क्यामरुनलाई १–० गोलको नतिजामा पराजित गर्दै स्विजरल्यान्डले कतारमा जारी फिफा विश्वकप २०२२ मा विजयी सुरुआत गरेको छ ।

बिहिबार अल जानोउब स्टेडियममा सम्पन्न समूह ‘जी’ को पहिलो खेलमा स्विजरल्यान्डलाई जित दिलाउन इम्बोलोले निर्णायक गोल गरे ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ४८औं मिनेटमा इम्बोलोले गोल गर्दै स्विजरल्यान्डलाई अग्रता दिलाएका थिए ।

एक्सहेर्डन साकारीले दिएको क्रसमा बक्सभित्र अनमार्क रहेका इम्बोलोले उत्कृष्ट फिनिस गरेका थिए ।

क्यामरुनले खेलको अन्तिम समयसम्मपनि थुपै्र गोल गर्ने अवसर सृजना गरेपनि त्यसलाई गोलमा कन्भर्ट गर्न भने सकेन ।
जितसँगै स्विजरल्यान्डले समूह ‘एच’ मा तीन अंक जोडेको छ ।

राती १२ः४५ हुने समूह ‘जी’ को दोस्रो खेलमा ब्राजित र सर्विया प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर