काठमाडौंका विजयी उम्मेदवारलाई बधाई दिँदै बालेनले भने: सहकार्य गर्न आतुर छौं – Nepal Press

काठमाडौंका विजयी उम्मेदवारलाई बधाई दिँदै बालेनले भने: सहकार्य गर्न आतुर छौं

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानी शहरबाट संसदमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिएका छन् । निर्वाचित सांसदहरुसँग सहकार्य गरी काठमाडौं बनाउन आतुर रहेको उनले बताएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनले उनीहरुलाई बधाई दिएका हुन् । काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन निर्वाचित सांसदहरुको साथ आवश्यक हुने उनको भनाइ छ ।

बालेनको स्टाटस यस्तो छः

भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोसिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ । काठमाडौं महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै विषयहरुमा काठमाडौं महानगर जोडिनुपर्ने अवस्था हुन्छ ।

काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक ऊर्जा र उदाहरण प्रवाह गर्न सक्दछ । तर, कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार व्यवस्थापन, फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोतसाधन र सहकार्य आवश्यकता पर्दछ ।

काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन तपाईंहरु सबैको साथ आवश्यक हुनेछ । तपाईंहरुसँग सहकार्य गरी काठमाडौं बनाउन हामी आतुर छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर