यसरी सम्भव भयो पर्वतमा एमालेको क्लिनस्वीप – Nepal Press

यसरी सम्भव भयो पर्वतमा एमालेको क्लिनस्वीप

पोखरा । पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभाका दुई गरी तीनवटै सीट जितेर एमालेले क्लिनस्वीप गरेको छ ।

प्रतिनिधिसतर्फ एमालेका पदम गिरीले कांग्रेसका अर्जुन जोशीलाई हराए । गिरीले २९ हजार ६०९ मत पाउँदा कांग्रेसका जोशीले २७ हजार ८७२ मत पाए । ६६ हजार २२६ मत खसेको पर्वतमा गिरीले जोशीलाई २ हजार २६३ मतले हराएका हुन् ।

जोशीमाथि गिरीले लगातार दोस्रो जित निकालेका हुन् । २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट गिरीले जोशीलाई १२ हजार ४५७ मतान्तरमा हराएका थिए । अहिले भने एमालेबाट एक्लै लडेका गिरीले जोशीलाई हराउन सके । पर्वत कांग्रेसमा जोशीसँग रुष्ट समूहलाई एमालेले क्यास गरेको छ ।

टिकट वितरणको क्रममा गिरीलाई महासचिव शंकर पोखरेलले जुनै हालतमा पनि चुनाव जितेर आउने रणनीति अपनाउन भनेका थिए । यसका लागि प्रदेशसभाका टिकट पनि कसलाई दिने गिरी आफैंले निर्णय लिन पोखरेलको निर्देशन थियो । प्रदेशमा गिरीले पहिला माधव नेपाल समूहमा रहेका नेतालाई टिकट दिएर सन्तुलन मिलाएका थिए । जसले एमालेको मत एकढिक्का भयो र कांग्रेसका असन्तुष्टले पनि सहयोग गरे ।

प्रदेशसभा १ मा एमालेका उम्मेदवार भक्तबहादुर कुँवरले माओवादीका सुदीप कुँवरलाई पराजित गरेका छन् । प्रदेशसभा ‘ख’ मा पनि एमालेका उम्मेदवार मित्रलाल बस्यालले नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीलाई हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर