मोरङका जीवन आचार्य प्रदेश सभामा विजयी – Nepal Press

मोरङका जीवन आचार्य प्रदेश सभामा विजयी

विराटनगर । पछि परेको अवस्था उल्टाउदै  जीवन आचार्य मोरङको क्षेत्र नं। ६(१) मा विजयी भएका छन् ।

माओवादी केन्द्रका आचार्यले एमालेका उम्मेदवार रीता न्यौपानेलाई हराए । उनले १ हजार ८ सय ८२ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

आचार्यले १९ हजार ४५४ मत ल्याएर विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५७२ मत पाएकी छिन् । २०७४ मा भने जीवन काग्रेसका चुमनारायण तब्बदार सँग पराजित भएका थिए ।

आचार्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का  कान्छा ज्वाइँ हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर