प्रचण्डलाई बधाई दिँदै अब्दुसको आग्रह- बत्तीमुनिको अँध्यारो गोरखालाई समृद्ध बनाउनुहोस् – Nepal Press

प्रचण्डलाई बधाई दिँदै अब्दुसको आग्रह- बत्तीमुनिको अँध्यारो गोरखालाई समृद्ध बनाउनुहोस्

पोखरा । गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पराजित भएका एमाले उम्मेदवार अब्दुस मियाँले प्रचण्डलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अब्दुसले प्रचण्डलाई बधाई दिँदै गोरखालाई बत्ती मुनिको अँध्यारोबाट समृद्ध बनाउन आग्रह गरेका छन् ।

पहिलो पटक संसदीय निर्वाचन लडेका अब्दुसले आफू अझै जिम्मेवार र परिपक्व भएको बताएका छन् । राजनीतिक रूपमा खुट्टा टेक्न गोरखामा ७ हजार मत पाएको र आगामी दिनमा आफ्नो आधार थप फराकिलो पार्ने उनले उल्लेख गरेका छन् ।

गोरखामा आफू अब थप क्रियाशील रहने र निर्वाचित प्रचण्डसँग सहकार्य गर्ने उनको प्रतिबद्धता छ । गोरखालाई बत्ती मुनिको अँध्यारोबाट समृद्धितर्फ लैजान प्रचण्डलाई बौद्धिक सहकार्य गर्ने पनि उनले फेसबुकमा लेखेका छन् ।

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट प्रचण्ड निर्वाचित भइसकेका छन् । प्रचण्डले २६ हजार १०३ मत पाए । यहाँ ५४ हजार ३१ मत खसेको थियो । प्रचण्डले त्यसमध्ये २६ हजार मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत पाए । यस्तै नेकपा एमालेका उम्मेदवार अब्दुस सलाम मियाँले ७ हजार ३९३ मत मात्र पाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर