कांग्रेसका युवा नेताले अधिकांश ठाउँमा जित्दा गुरुराज ‘अनलक्की’ – Nepal Press

कांग्रेसका युवा नेताले अधिकांश ठाउँमा जित्दा गुरुराज ‘अनलक्की’

विराटनगर । कांग्रेसका युवा पुस्ताका अधिकांश नेताहरुले चुनाव जित्दा नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरे भने प्रदेश सभामा पराजित भएका छन् ।

कांग्रेसका युवा नेताहरु गगन थापा,विश्वप्रकास शर्मा, प्रदिप पौडेलले भारी मतले निर्वाचन जित्दा घिमिरे भने एमालेका जयप्रकाश चौधरीसँग पराजित भए ।

मतगणना शुरु भएदेखिनै अग्रता बनाएका घिमिरे अन्तिममा भने पछि परे । चौधरीले पछि पारे । मोरङको क्षेत्र नं। ४ (१) प्रदेशसभामा उम्मेदवार बनेका घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी निर्वाचित भएका हुन् ।

चौधरीले १५ हजार ४६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी घिमिरेले १५ हजार ५८ मत ल्याएका छन् । प्रतिनिधि सभा सदस्यका लागि तयारी गरेका घिमिरे प्रदेश सभा पदमा उम्मेदवार बनेका थिए ।

कांग्रेसभित्र शेखर कोइरालाका नजिकका पात्रको रुपमा चिनिएका घिमिरे नेपाली कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका थिए । प्रदेश १ को सभापतिमा उद्धव थापासँग २ मतले पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर