कांग्रेस नेता अर्याल प्रदेश सभामा विजयी – Nepal Press

कांग्रेस नेता अर्याल प्रदेश सभामा विजयी

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ क्षेत्र नंं ५(२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनी कांग्रेसको तर्फबाट प्रदेश १ को प्रमुख दावेदार समेत हुन् ।

देउवा निकट अर्यालले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई ५ हजार २७८ मतले पराजित गरे । आर्यालले १६ हजार १०२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८ सय २४ मत ल्याए ।

तेस्रो भएका राप्रपका राजेश बानियाले ३ हजार २४७ मत ल्याए । मोरङ ५९२० मा ३४ हजार ८ सय ४ मत खसेको थियो । जसमा १ हजार ९ सय ९२ मत बदर भएको छ । निर्वाचन अधिकृत गणेश नायकले मत गणनाको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर