एमालेबाट मुख्यमन्त्रीका दाबेदार गिरी रुपन्देहीबाट विजयी – Nepal Press

एमालेबाट मुख्यमन्त्रीका दाबेदार गिरी रुपन्देहीबाट विजयी

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ को १ बाट नेकपा एमालेका पोलिटब्युरो सदस्य लीला गिरी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन्।

प्रदेशका पूर्व मन्त्री समेत रहेका गिरिले १७ हजार ६३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका दीर्घबहादुर केसीले १४ हजार ९९८ मत प्राप्त गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर