पर्सा ३ मा एमालेका गुप्ता विजयी – Nepal Press

पर्सा ३ मा एमालेका गुप्ता विजयी

काठमाडौं । पर्सा क्षेत्र नम्बर ३ मा जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार राजकुमार गुप्ता विजयी भएका छन् ।

एमाले केन्द्रीय सदस्य समेत रहेका गुप्ताले २४ हजार २ सय ६० मत पाए ।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरीले २४ हजार १ सय ९ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर