माओवादीकी अमृतालाई हराउँदै एमालेकी सीता बनिन् प्रदेश सांसद – Nepal Press

माओवादीकी अमृतालाई हराउँदै एमालेकी सीता बनिन् प्रदेश सांसद

पोखरा । नेकपा एमाले नेतृ सीता सुन्दास प्रदेशसभा सदस्यमा निर्वाचित भएकी छन् । एमालेबाट स्याङ्जा १(१) मा उम्मेदवार बनेकी सुन्दासले माओवादी नेतृ अमृता थापामगरलाई हराएकी हुन् ।

चुनाव जित्ने क्रममा सुन्दासले १४ हजार ६९० मत प्राप्त गरिन् । माओवादीबाट सत्ता गठबन्धनकी साझा उम्मेदवार बनेकी अमृताले १३ हजार २६६ मत पाइन् ।

२ पटक संघीय सांसद भइसकेकी अमृतालाई हराउँदै सुन्दासले संसद्को यात्रा तय गरेकी हुन् । यसअघि २०७४ को निर्वाचनमा वडा सदस्य जितेर स्याङ्जा जिल्ला समन्वय समितिको सभापति बनेकी सुन्दास जिल्ला समन्वय महासंघको केन्द्रीय अध्यक्ष भएर काम गरिसकेकी छन् ।

यता २ पटक समानुपातिकबाट संघीय सांसद बनेकी अमृता भने प्रत्यक्षमा लडेको पहिलो पटक नै हारेकी हुन् । अमृता माओवादी केन्द्रको स्थायी कमिटी सदस्य समेत हुन् ।

यससँगै एमालेले प्रदेशसभामा ७ सिट जितेको छ । यसअघि एमालेले कास्की २ (१), तनहुँ २ (१), नवलपुर २ (१), नवलपुर २ (२), कास्की ३ (१) र कास्की १(२) मा निर्वाचन जितिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर