प्रदेश सभामा एमालेबाट दोहोरिए भूमिश्वर ढकाल – Nepal Press

प्रदेश सभामा एमालेबाट दोहोरिए भूमिश्वर ढकाल

रुपन्देही । रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन् ।

ढकालले १९ हजार ७८ मत ल्याउँदा उनका निकटतम उम्मेदवार सत्तारुढ गठबन्धनको तर्फबाट माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३ सय ६८ मत ल्याएका छन् ।

जनमत पार्टीका अनुरागनाथ शुक्लले ८ हजार ७ सय ३८ मत ल्याएका छन् । ढकाल यसअघि पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएर एमालेका प्रमुख सचेतक भएका थिए ।

मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले निर्वाचन आयोगले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर