पुष्प शाह जोसँग हारे, उनैलाई हराए, २३ वर्षपछि अछाम २ मा कांग्रेस विजयी – Nepal Press

पुष्प शाह जोसँग हारे, उनैलाई हराए, २३ वर्षपछि अछाम २ मा कांग्रेस विजयी

कैलाली । अघिल्लो पटक प्रतिनिधिसभामा पराजित भएका कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह यसपटक सोही क्षेत्रबाट निर्वाचित भएका छन् । शाह अछाम क्षेत्र नम्बर २ बाट ६ हजार ८४० मतान्तरसहित शाह विजयी भएका हुन् ।

शाहले यस पटक अघिल्लो पटक आरुलाई पराजित गर्ने एमालेका यज्ञ बहादुर बोगटीलाई पराजित गरेका हुन् ।

सत्ता गठबन्धनका दलको समर्थनमा शाहले २२ हजार ९५४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बोगटीले १६ हजार ११४ मत प्राप्त गरे ।

अघिल्लो पटक बोगटीसँग शाह २ हजार ८ सय ५९ मतले पराजित भएका थिए । बोगटीले २१ हजार ९६५ मत पाएर विजयी हुँदा शाहले १९ हजार १०६ मत पाएका थिए ।

२०५६ मा नेपाली काँग्रेसको तर्फबाट रामबहादुर विष्ट विजयी भएका थिए त्यसपछि उक्त क्षेत्रमा कांग्रेस विजयी हुन सकेको थिएन ।

आफूलाई अघिल्लो पटक पराजित गर्ने उम्मेदवारलाई नै पराजित गर्दै शाहले २३ बर्ष पछि कांग्रेसलाई अछाम २ मा विजयी गराएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर