पर्सा १ मा जसपाका प्रदीप यादव पुनः निर्वाचित – Nepal Press

पर्सा १ मा जसपाका प्रदीप यादव पुनः निर्वाचित

जनकपुरधाम । पर्सा क्षेत्र नम्वर १ बाट जनता समाजवादी पार्टीका प्रदीप यादव पुनः विजयी भएका छन् ।

एमालेको सहयोग पाएका यादवलाई स्वतन्त्र उम्मेदवारले टक्कर दिएको थियो । यादवले २२ हजार ५३७ मत ल्याएर विजयी हुँदा स्वतन्त्र उम्मेदवार अजय कुमार सुवेदीले २० हजार ९१७ मत पाए ।

सत्ता गठबन्धनका उम्मेदवार बनेका लोसपा नेता लक्ष्मणलाल कर्णले १ हजार ११७ मत पाएर चौथो स्थानमा सिमित भए । कर्णभन्दा बढी राप्रपाका किरण मान डंगोल २ हजार ६५९ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर