पर्सा २ मा कांग्रेसका चौरसिया विजयी – Nepal Press

पर्सा २ मा कांग्रेसका चौरसिया विजयी

जनकपुरधाम । पर्सा क्षेत्र नम्वर २ मा नेपाली कांग्रेसका अजय कुमार चौरसिया विजयी भएका छन् ।

चौरसियाले २८ हजार ४५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का सुरेन्द्र प्रसाद कुर्मीले २२ हजार ४४५ मतमा रोकिए ।

चौरसिया सत्ता गठबन्धनका उम्मेदवार थिए । जसपाका कुर्मीलाई नेकपा एमालेले सघाएको थियो ।

०७४ मा यो क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरमबाट बिमल प्रसाद श्रीवास्तवले चौरसियालाई पराजित गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर