प्रमाणपत्र बुझ्न र मतदातालाई धन्यवाद दिन ओली भोलि झापा जाने
नेपाल प्रेस
२०७९ मंसिर ७ गते १८:४१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि गृहजिल्ला झापा प्रस्थान गर्ने भएका छन् । झापा क्षेत्र नं. ५ बाट भारी मतान्तरसहित विजयी बनेका ओली निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्न, मतदातालाई धन्यवाद दिन र विजय जुलुसमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
अध्यक्ष ओली वुधबार विहान ११ बजे भद्रपुर विमानस्थल हुँदै दमक पुग्ने कार्यक्रम रहेको छ । ओलीले सत्ता गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७४ मत अन्तरले पराजित गरेका हुन् ।
ओलीले ५२ हजार ३१५ मत हासिल गर्दा अधिकारीले २३ हजार ७४१ मत पाएका छन् ।
प्रतिक्रिया