लुम्बिनी प्रदेशसभामा जनमतको खाता खुल्यो, रुपन्देही ५(२) बाट सिके गुप्ता निर्वाचित – Nepal Press

लुम्बिनी प्रदेशसभामा जनमतको खाता खुल्यो, रुपन्देही ५(२) बाट सिके गुप्ता निर्वाचित

रुपन्देही । जनमत पार्टीले रुपन्देहीबाट लुम्बिनी प्रदेश सभामा आफ्नो जित दर्ता गरेको छ ।

रुपन्देही क्षेत्र नम्बर ५९२०मा जनमत पार्टीका चन्द्रकेश (सीके) गुप्ता विजयी भएका छन् । उनी ६ महिनाअघि स्थानीय तह निर्वाचनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा उम्मेदवार बनेर पराजित भएका थिए ।

नगरपालिकामा पराजित गुप्ता प्रदेश सभामा भने निर्वाचित भएका छन् ।

गुप्ताले नेपाली काँग्रेसका नेता एवं यसअघिका प्रदेशसभा सदस्य तथा सो पार्टीको प्रमुख सचेतक रहेका फकरुउद्दिन खानलाई पराजित गरेका हुन् ।

गुप्ताले १२ हजार ९४१ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी खानले ११ हजार ६५१ मत पाए ।

प्रतिनिधिसभाको मतगणना जारी रहेकाले निर्वाचन आयोगले घोषणा भने गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर