डडेल्धुरा प्रदेश २ : बहालवाला मन्त्रीभन्दा स्वतन्त्र उम्मेदवार अगाडि – Nepal Press

डडेल्धुरा प्रदेश २ : बहालवाला मन्त्रीभन्दा स्वतन्त्र उम्मेदवार अगाडि

कैलाली । डडेल्धुरा प्रदेशसभा २ मा प्रदेशका बहालवाला सामाजिक विकासमन्त्री गोविन्द बोहरा पछि परेका छन् । उनलाई स्वतन्त्र उम्मेदवार डा. तारा जोशीले उछिनिरहेका छन् ।

जोशीले २ हजार ८५७ मत ल्याउँदा बोहराले २ हजार ३६४ मत पाएका छन् । कांग्रेसका बोहरालाई यहाँ माओवादी केन्द्रले सहयोग गरेको छ ।

स्वतन्त्र उम्मेदवार जोशीलाई नेकपा एकीकृत समाजवादी र बीपी कांग्रेसले समर्थन गरेको छ । नेकपा एकीकृत समाजवादीबाट टिकट नपाएपछि जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर