ओखलढुंगामा कांग्रेसका रामहरिले एमालेका यज्ञराजसँग लिए बदला
नेपाल प्रेस
२०७९ मंसिर ७ गते १६:३८
काठमाडौं । ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् ।
पाँच वर्षअघि एमालेका यज्ञराज सुनुवारसँग पराजित खतिवडाले यसपटक सुनुवारलाई नै पराजित गरेका हुन् ।
खतिवडा ३३ हजार ५६८ मतसहित विजयी हुँदा सुनुवार २६ हजार ७३८ मत पाएर पराजित भए ।
२०७४ को निर्वाचनमा खतिवडालाई ५ हजार २५३ मतले पराजित गर्दै सुनुवार विजयी भएका थिए ।
प्रतिक्रिया