सहज जीततर्फ लम्किँदै तोसिमा, अमृतसँग दोब्बर मतको अग्रता – Nepal Press

सहज जीततर्फ लम्किँदै तोसिमा, अमृतसँग दोब्बर मतको अग्रता

काठमाडौं । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले अग्रता फराकिलो पार्दै लगेकी छन् । मुख्य प्रतिस्पर्धी एमालेका अमृत खड्कासँग तोसिमाको दोब्बर मतान्तर छ ।

दिउँसो ३ः३० बजेसम्मको अपडेटअनुसार तोसिमाले १८ हजार ४७७ मत ल्याउँदा अमृतको ९ हजार ४२२ मत छ ।

तेस्रो स्थानमा माओवादीकी उम्मेदवार पम्फा भुसाल छिन् । उनले अहिलेसम्म ६ हजार ४२५ भोट ल्याएकी छन् ।

ललितपुर ३ मा अब २३ हजार ६९३ मतको गणना बाँकी छ । अहिलेको रुझान हेर्दा तोसिमाले सहज विजय हासिल गर्ने बलियो सम्भावना देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर