जनताको मत किनेर चुनाव जित्न खोज्नेहरु अत्तालिए : माधव नेपाल (भिडिओ) – Nepal Press

जनताको मत किनेर चुनाव जित्न खोज्नेहरु अत्तालिए : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पैसा खर्च गरेर चुनाव जित्न खोज्नेहरु यसपटक अत्तालिएको टिप्पणी गरेका छन् ।

वुधबार रौतहट–१ मा जारी मतगणनाको अवस्थामा बुझ्न पुगेका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै जनताको मत किनेर चुनाव जित्न खोज्नेहरु यसपटक अत्तालिएको टिप्पणी गरेका हुन् ।

अहिलको चूनाव पैसा खर्च नगरिकनै आफूले जितेको उनले बताए । जनतालाई लुटेर पैसा कमाउन चाहनेहरु पैसा खर्च नगरी कुनै काम गर्न नै नसक्ने भन्दै उनले आफ्नो ढेउवासम्बन्धी अभिव्यक्तिले उनीहरु लुटको राज्य सकिन्छ कि भनेर डराएको जिकिर गरे ।

अध्यक्ष नेपाले आफू र आफ्ना पार्टीले देशको विकासका साथै जनताको समस्यामा समाधानका लागि गरेको प्रतिवद्धता पुरा गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर