भक्तपुर क्षेत्र नं १ (१) प्रदेशसभामा कांग्रेसका श्रेष्ठ विजयी – Nepal Press

भक्तपुर क्षेत्र नं १ (१) प्रदेशसभामा कांग्रेसका श्रेष्ठ विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नं १ (१) प्रदेशसभामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन् । भक्तपुरका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले श्रेष्ठ ९ हजार ४२४ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मोहनवीर श्रेष्ठले ८ हजार २०२ मतमा रोकिए । त्यस्तै नेपाल मजदुर किसान पार्टीका मीनबहादुर बाटाले ८ हजार १४ र राप्रपाका राजु कुइँकेलले ५ हजार ९४५ मत ल्याएका छन् ।

बागमती प्रदेशसभामा नवनिर्वाचित श्रेष्ठले आफूले पाएको मतलाई मतदाताहरुको माया, भरोसा र विश्वास र जिम्मेवारीको रुपमा ग्रहण गर्दै जिम्मेवारी पूरा गर्न सधैं इमानदारीका साथ लाग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर