इलाम १ मा झलनाथ खनालले लिन सकेनन् अग्रता, २ मा सुवास नेम्वाङ लागे अगाडि – Nepal Press

इलाम १ मा झलनाथ खनालले लिन सकेनन् अग्रता, २ मा सुवास नेम्वाङ लागे अगाडि

इलाम । इलामको दुइटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना जारी छ ।

इलाम १ बाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सुरुवाती चरणदेखि नै पछाडि परेका छन् ।

एमालेका महेश बस्नेतले १० हजार २२७ मत ल्याउँदा नेता खनालले ८ हजार ७८० मत ल्याएर पछ्याइरहेका छन् ।

क्षेत्र नं २ मा पूर्वसभामुखसमेत रहेका सुवास नेम्वाङले लिड गरेका छन् । पछिल्लो मत परिणामअनुसार नेम्वाङ अगाडि लागेका हुन् ।

एमालेका नेम्वाङले ९ हजार २१८ मत ल्याउँदा कांग्रेसका डम्बर खड्काले ८ हजार २५ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर