सूर्य नेपाल बन्यो सबैभन्दा ठूलो करदाता, बैंकिङतर्फ नबिल बैंक – Nepal Press

सूर्य नेपाल बन्यो सबैभन्दा ठूलो करदाता, बैंकिङतर्फ नबिल बैंक

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा धेरै अर्थात उत्कृष्ट करदाता घोषणा गरेको छ । विभागले बुधार कर दिवसका दिन पारेर मनाउँदै उत्कृष्ट करदाता सार्वजनिक गर्दैसम्मान गरेको हो । सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई सरकारले बिभिन्न १५ वटा विधामा सम्मान गरेको छ ।

विभागले आर्थिक वर्ष २०७७/७८ मा सबै धेरै कर तिर्ने कम्पनी र व्यक्ति सार्वजनिक गरेको हो । जसमा सूर्य नेपालले सबैभन्दा धेरै कर तिरेको छ । आर्थिक वर्ष २०७७/७८ मा व्यक्तिगत आयतर्फ भने विजयकुमार शाहलाई सम्मानित गरेको छ । शाह जावलाखेल डिस्टिलरीका अध्यक्ष समेत हुन् ।

शाहले हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी सञ्चालन गरिरहेका छन् । सरकारी स्वामीत्व रहेको नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको छ । शिवशक्ति घ्यु निर्यात तर्फ धेरै कर तिर्ने कम्पनी बनेको छ । भने, राजेश मेटल प्रालि विशेष उद्योग शीर्षकको आयकरदाताका रुपमा सम्मानित भएको छ ।

नबिल बैंक वित्तीय संस्थातर्फमा सबै भन्दा धेरै कर तिरेको छ । ओसीबी फुड्स प्रालि कृषि एवम् पशुपन्छी आयकरदाता बनेको छ । सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट)तिर्ने संस्थामा गोर्खा ब्रुअरीले सम्मान पाएको छ ।

बीमामा नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्यतर्फ नोबेल टिचिङ हस्पिटल तथा पर्यटनतर्फ मनकामना केबलकार प्रालिले धेरै कर तिर्ने कम्पनीको सम्मान पाएका छन् ।

आईएमई रेमिट्यान्स कम्पनी धेरै कर तिर्ने रेमिट्यान्ट कम्पनी बनेको छ ।वस्तु व्यापारतर्फ हंसराज हुलास प्रालि, चिलिमे जलविद्युत र नेपाल स्टक एक्सचेन्ज पनि यो सम्मान पाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *