प्रदेशसभा १ अपडेट : कांग्रेसले २ र माओवादीले एक ठाउँ जित, एमाले २२ ठाउँमा अगाडि (क्षेत्रसहित) – Nepal Press

प्रदेशसभा १ अपडेट : कांग्रेसले २ र माओवादीले एक ठाउँ जित, एमाले २२ ठाउँमा अगाडि (क्षेत्रसहित)

विराटनगर । प्रदेश १ का ५६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ४४ वटामा मतगणना जारी छ । तीनवटा क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । अन्तिम परिणाम आएका क्षेत्रमध्ये कांग्रेसले २ र माओवादी केन्द्रले १ क्षेत्रमा निर्वाचन जितेका छन् । ओखलढुंगा १ मा कांग्रेसका प्रदीप सुनुवार विजयी भएका छन् भने मोरङ ५ (२) म कांग्रेसकै गयानन्द मण्डल विजयी भएका छन् ।

ओखलढुंगाको २ मा भने माओवादीका बाबुराम गौतम विजयी भएका छन् । गणना भइरहका क्षेत्रमध्ये सबैभन्दा बढी २२ निर्वाचन क्षेत्रमा एमालेले अग्रता बनाएको छ । कांग्रेसले ११ ठाउँमा लिड गरिरहेको छ ।

यस्तै माओवादी केन्द्रले प्रदेशमा गणना भएका ६ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । राप्रपा २ ठाउँमा अगाडि हुँदा नेकपा एसले ३ स्थानमा लिड गरेको छ । जसपाका एक उम्मेदवारले लिड गरेका छैनन् ।

झापाका १० क्षेत्रमध्ये ६ ठाउँ एमालेको अग्रता छ । कांग्रेसका उम्मेदवार २ निर्वाचन क्षेत्र र राप्रपाका उम्मेदवार २ निर्वाचन क्षेत्रमा अगाडि छन् ।

मोरङग गणना जारी ४ वटामा एमालेको अग्रता छ । कांग्रेसको २ स्थानमा अग्रता छ भने माओवादी एक निर्वाचन क्षेत्रमा अग्रता छ ।

सुनसरीमा ४ स्थानमा एमालेका उम्मेदवार अगाडि छन् । कांग्रेस एक ठाउँमा अगाडि छ ।

पहाडि जिल्ला इलामका ४ निर्वाचन क्षेत्रमध्ये समाजवादी २, कांग्रेस र एमाले १-१ स्थानमा अगाडि छन् । पाँचथरमा एमाले र माओवादीका उम्मेदवारले १-१ ठाउँमा लिड गरेका छन् । ताप्लेजुङमा प्रदेशतर्फको गणना सुरू भएको छैन ।

तेह्रथुममा २ वटा निर्वाचन क्षेत्रमध्ये एमाले र माओवादीको बराबरी अग्रता छ । संखुवासभामा एउटामात्रै निर्वाचन क्षेत्रको गणना सुरू भएकोमा एमालेका उम्मेदवार अगाडि छन् ।

धनकुटामा दुवै निर्वाचन क्षेत्रमा एमाले अगाडि छ भने । भोजपुरको १ मा नेकपा एस र २ मा कांग्रेस अगाडि छ । खोटाङका २ क्षेत्रमा कांग्रेस-एमालेले एक-एक ठाउँमा लिड गरेका छन् ।

खोटाङमा एउटामा एमाले र एउटामा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् । सोलुखुम्बुमा एमाले र माओवादीले एक-एक क्षेत्रमा लिड गरेका छन् ।

उदयुरका ४ वटा निर्वाचन क्षेत्रमध्ये एउटा कांग्रेस र माओवादीको २/२ ठाउँमा अग्रता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर