विश्वकपः साविक विजेता फ्रान्सको सानदार सुरुआत – Nepal Press

विश्वकपः साविक विजेता फ्रान्सको सानदार सुरुआत

काठमाडौं । अष्ट्रेलियालाई ४–१ गोलको नतिजामा पराजित गर्दै साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप २०२२ मा सानदार सुरुआत गरेको छ ।

मंगलबार राति अल जानोउब स्टेडियममा सम्पन्न समूह‘डी’ को दोस्रो खेलमा फ्रान्सलाई जित दिलाउन ओलिभर जिरोउडले दुई गोल गरे भने, एड्रिन राबिओट र किलेन एम्बाप्पेले एक÷एक गोल गरे ।

अष्ट्रेलियाले खेलको ९औं मिनेटमै अग्रता लिएपनि त्यसलाई बचाइराख्न सकेन । क्राइग गुडविनले ९औैं मिनेटमा गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए ।

फ्रान्सका राबिओटले २७औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसको ४ मिनेट नबित्दै जिरोउडले गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा ल्याएका थिए ।

पहिलो हाफमै अग्रता बनाएकोफ्रान्स दोस्रोहाफमा पनि एसियन टिममाथि हावि भएको थियो । किलेन एम्बाप्पेले ६८औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । त्यसबीचमा अष्ट्रेलियाले गोल गर्ने केहि अवसर सृजना गरेपनि त्यसलाई सदुपयोग गर्न भने सकेन ।

खेलको ७१औं मिनेटमा जिरोउडले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै फ्रान्सको जित ४–१ले शुनिश्चित गरे ।

जितसँगै फ्रान्सले समूह‘डी’ मा तीन अंक जोड्दै शिर्षस्थानममा छ । मंगलबार साँझ सम्पन्न समूह ‘डी’ को पहिलो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर