जारी विश्वकपमा किन धेरै समय थप गरिएको छ? यस्तो छ कारण – Nepal Press

जारी विश्वकपमा किन धेरै समय थप गरिएको छ? यस्तो छ कारण

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२मा समूह चरण अज्तर्गतका केहि खेलहरु मात्रै सकिएका छन । हरेक खेलमा १० मिनेट भन्दा बढी समय थप गरेको देखिन्छ ।

अनि,यहि खेलहरुबाट हामीले फुटबलमा धेरै नयाँ प्रविधिको विकास भएको पनि महसुस गरेका छौं र किन हरेक खेलमा धेरै समय थप गरियो भन्ने कुरा प्रायलाई चासोको विषय पनि बनेको छ ।

विश्वकपका पाँच खेलमा ८५ मिनेट भन्दा बढी समय थपिएको छ । त्यसमा इङल्यान्ड र इरानबीचको खेलसकिन १ सय १७ मिनेट १६ सेकन्ड लागेको थियो ।

इङल्यान्ड र इरानबीचको खेलमा इरानका गोलकिपर अलिरेजा विरानभाल्ड विपक्षी खेलाडीसँग टाउकोमा ठोकीएर केहिबेर मैदानमा लडेका थिए । मैदानमा मेडिकल टिमले जाँच गर्दा केहि समय लागेको थियो । त्यहि समय रेफ्रिले ध्यानमा राखेर पछि थप गरेका थिए । यहाँ के बुझ्न सकिन्छ भने फिफाले कुनैपनि कारण खेल रोकिएको समयलाई मात्रै अनुगमन गरेर खेलका दौरान गरिने समय वर्वादिकोे समाधानको प्रयास गरिरहेको छ ।

मंगलबारको पहिलो खेलमा पनि यो क्रम जारी रहयो । जहाँ साउदी अरबले अर्जेन्टिनालाई २–१ गोलको नतिजामा पराजित गर्दै विश्वकपमा सानदार सुरुआत गर्यो । उक्त खेलको पहिलो हाफमा सात मिनेट र दोस्रो हाफ सकिँदा लगभग १४ मिनेट समय थप गरिएको थियो ।

खेलाडीहरु घाइते भएर खेल रोकिएका कारण, भिडिओ असिसटेन्ट रेफ्रिको निर्णय आउन लाग्ने समय, सब्सिट्युट गर्ने समय, पेनाल्टि, रातो कार्ड जस्ता विभिन्न कारणले खेल रोकिएको हुन्छ । अनि कहिले काही खेलाडी आफैले समय बिताउनका लागि ढिला सुस्ति गरिरहेका हुन्छन् । जसले गर्दा खेलमा बढी समय थप्नु परिरहेको हुन्छ ।

फिफा रेफ्रि कमिटिका अध्यक्ष पिरलुईगी कोलिनाका अनुसार खेलका दौरान ‘फोर्थ अफिसियल’लाई खेर फालिएको समयको निगरानी गर्ने जिम्मा दिएको छ । यहि नियम रसियामा २०१८ मा आयोजना भएको विश्वकपमा पनि कायमगर्ने प्रयास केहि हदसम्म गरिएको थियो ।
ओप्टाका अनुसार सन् १९६६ मा सुरु भएदेखि एउटा विश्वकपको खेलहरुमा सबैभन्दा धेरै समय थप गरिएको खलहरु सोमबार र मंगलबारका पाँच ‘हाफहरु’ थिए ।

जारी कतार विश्वकपमा इङल्यान्ड र इरानको पहिलो हाफमा (१३.५९ मिनेट), अर्जेन्टिना र साउदी अरबबीचको दोस्रो हाफमा (१३.५३) मिनेट, इङल्यान्ड र इरानको दोस्रो हाफमा (१३ः०५) मिनेट, अमेरिका भर्सेज वेल्सको दोस्रो हाफ (१०ः३३) मिनेट र सेनेगल र नेदरल्याज्ड्सबीचको दोस्रो हाफमा (१०ः०३) मिनेट थप गरिएको थियो ।

अप्रत्यासित रुपमा थप समयमै केहि गोलहरु भए । मेदी तारेमीको इरानका लागि इङल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्दा खेल समय ०२ः३० मिनेट भएको थियो । यस्तै, नेदरल्यान्ड्सका डेभी क्लासेनले गरेको गोल पनि खेलको ९८औं मिनेटमा भएको थियो ।

फिफाको यो कडा नियमले यतिबेला सामाजिक सञ्जालमा हलचल पैदा गरेको छ । कतिपयले फिफाको यो प्रयासलाई प्रसंसा गरेका छन् भने कतिपयले खेल लामो हुने भएकाले झमेलाको रुपमा लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर