सर्वसाधरणलाई असहज हुने गरी विजय र्‍याली निकाल्दैनौं: सोविता गौतम – Nepal Press

सर्वसाधरणलाई असहज हुने गरी विजय र्‍याली निकाल्दैनौं: सोविता गौतम

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले विजय र्‍याली नगर्ने बताएकी छन् ।

विजयी भएसँगै उनले सर्वसाधरणलाई असहज हुनेगरी विजय र्‍याली नगर्ने बताएकी हुन् । उनले बिहान ८ बजे एकैछिनका लागि निर्वाचन कार्यलय, थलीमा जम्मा हुने र चौतारीमा बसेर गफ गर्ने बताइन्।

उनले भनेकी छन्,‘सबैजनालई सादर अनुरोध छ, आम सर्वसाधरणलाई असहज हुनेगरी हामी ठूलो तडकभडक गर्ने छैनौं, मोटोरसाइकल र्‍याली गर्ने, हर्न बजाउने आदि कृत्य गर्नेछैनौं । अधिक संयमका साथ हामी हाम्रो निर्वाचन क्षेत्रका केही ठाउँमा जम्मा हुनेछौं र सबैजनालाई धन्यवाद दिनेछौं । प्रतिस्पर्धी साथीहरु तथा फरक मत राख्ने मतदाताको आत्मसम्मानमा ठेस लाग्ने गरी कुनै वक्तव्य दिनेछैनौं । ’

बिहान ११ बजे म्याजेस्टिक ब्याङ्केट जडीबुटीमा छोटो पत्रकार सम्मेलन गरेर अन्य कार्यक्रमको विवरण सार्वजनिक गर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर