एमालेले जित्यो गण्डकी प्रदेशसभामा दोस्रो सिट – Nepal Press

एमालेले जित्यो गण्डकी प्रदेशसभामा दोस्रो सिट

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशसभामा दोस्रो सिट जितेको छ । एमालेबाट तनहुँ २ (१) मा उम्मेदवार बनेका श्यामराजा महतले चुनाव जितेका हुन् । यसअघि नेकपा एमालेबाट कास्की २ (१) मा भीमबहादुर कार्कीले चुनाव जितेका थिए ।

महतले करिब २ हजारको मतान्तरले माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रकेशरी न्यौपानेलाई हराएका हुन् । महतले १५ हजार ६४३ मत पाउँदा गठबन्धनका साझा उम्मेदवार रहेका न्यौपानेले १३ हजार ८८१ मत पाए ।

नेकपा एमालेले हालसम्म प्रदेशसभामा दुई सिट मात्र जितेको छ । उता नेपाली कांग्रेसले भने ९ सिट जितिसकेको छ । एक÷एक सिट माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर