प्रचण्ड परिवारका दुई उम्मेदवार- बिना मगर आधा मतले पछाडि, जीवन आचार्य एमालेलाई पछ्याउँदै – Nepal Press

प्रचण्ड परिवारका दुई उम्मेदवार- बिना मगर आधा मतले पछाडि, जीवन आचार्य एमालेलाई पछ्याउँदै

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी रहँदा माओवादी अध्यक्ष प्रचण्डले फराकिलो अग्रता लिए पनि उनको परिवारका दुई सदस्य भने पराजय उन्मुख भएका छन् ।

प्रचण्डकी बुहारी बिना मगर कञ्चनपुर १ मा करिब आधा मत कमी भएर दोस्रो स्थानमा छिन् । एमालेका तारा लामा तामाङले ६२७४ मत पाउँदा बिना गरेको ३४२१ मत रहेको छ । बिना यसअघि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । यस पटक उनलाई गठबन्धनका कांग्रेस र नेकपा एसको पनि समर्थन छ ।

उता प्रचण्डका ज्वाइँ जीवन आचार्य पनि मोरङ ६ को प्रदेश सभा १ मा एमालेकी रिता न्यौपानेभन्दा पछि परेका छन् । न्यौपानेले ६६६५ मत पाउँदा आचार्य ५०५२ का साथ पछ्याइरहेका छन् । सोही क्षेत्रमा प्रतिनिधि सभातर्फ भने कांग्रेस नेता डा।शेखर कोइरालाको अग्रता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर