भैरहवाको गणनास्थलमा प्रहरी संख्या धेरै बनाइएपछि एमाले, जसपा र राप्रपाले गर्यो गणना बहिष्कार – Nepal Press

भैरहवाको गणनास्थलमा प्रहरी संख्या धेरै बनाइएपछि एमाले, जसपा र राप्रपाले गर्यो गणना बहिष्कार

रुपन्देही । रुपन्देही ३ को मतगणनास्थलमा प्रहरीको संख्या धेरै बनाइएको भन्दै एमाले, राप्रपा र जसपाले विरोध गर्दै गणना बहिस्कार गरेका छन् ।

भैरहवास्थित नमुना उच्च माविको मतगणना कार्य उनीहरूले विरोध गरेपछि रोकिएको छ ।

मतगणना गरिरहेको कोठामा प्रहरीको अधिक संख्या भएपछि प्रतिनिधिहरूले विरोध गर्दै स्थगित गर्न आग्रह गरेका हुन् ।

मतगणना स्थलमा ठूलो संख्यामा खटिएको प्रहरीले गणनाका कर्मचारीलाई समेत डिस्टर्ब हुनेगर काम गरेपछि प्रहरीलाई बाहिर गेटमा चेकजाँच गर्न अनुरोध गरिएको छ । यति बेला छलफल चलिरहेको छ । राप्रपा, एमाले, जसपा लगायतले प्रहरीले हस्तक्षेप गरिरहेको आरोप लगाएका छन् । उनीहरूले उम्मेदवार समेत रहेका गृहमन्त्री बालकृष्ण खाणको नाममा यस्तो गरिएको भन्दै विरोध गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर