विश्वकप : मेक्सिको र पोल्यान्डले अंक बाँडे – Nepal Press

विश्वकप : मेक्सिको र पोल्यान्डले अंक बाँडे

काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’को दोस्रो खेलमा मेक्सिको र पोल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

सटेडियम नाइन सेभेन फो मा सम्पन्न खेलमा दुवै टिम फिनिसिङमा चुक्दा खेल बराबरीमा सकिएको हो ।

दुवै टिमले गोल गर्ने केहि अवसर सृजना गरे पनि त्यसलाई सदुपयोग गर्न भने सकेनन् ।

सन् १९७८को विश्वकपमा एक अर्कासँग प्रतिस्पर्धा गरेका पोल्यान्ड र मेक्सिकोको योसहित विश्वकपमा दोस्रो पटक प्रतिस्पर्धा गरेका हुन् । पहिलो पटक मेक्सिको पोल्यान्डसँग ३–१ गोलको नतिजामा पराजित भएको थियो ।

बराबरीसँगै मेक्सिको र पोल्यान्डले समूह ‘सी’मा एक एक अंक बाँडेका छन् । मंगलबार नै सम्पन्न समूह ‘सी’ को पहिलो खेलमा साउदी अरबले अर्जेज्टिनलाई २–१ गोलको नतिजामा पराजित गरेको थियो ।

मेक्सिकोले समूह चरणको आफ्नो दोस्रो खेलमा आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ भने पोल्यान्डले शनिवार साउदीसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर