रोनाल्डोले युनाइटेड छोड्ने क्लबको घोषणा – Nepal Press

रोनाल्डोले युनाइटेड छोड्ने क्लबको घोषणा

काठमाडौं ।  पोर्चुगिज स्टार फरवार्ड किस्टियानो रानाल्डोले इङलिस क्लब म्यान्चेस्टर युनाईटेड छोड्ने भएका छन् ।

मङ्गलवार युनाईटेडले रोनाल्डोले आपसी सहमति मै क्लब छोड्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।

युनाईटेडले ओर्ल्ड ट्राफोडमा सफल पहिलो इनिङ र उतारचढावपूर्ण दोस्रो इनिङ बिताएका रोनाल्डोलाई क्लब प्रतिको योगदानका लागि धन्यवाद व्यक्त गर्दै आगामी भविष्यको शुभकामना दिएको छ ।

रोनाल्डोले युनाईटेडका लागि ३ सय ४६ खेल खेल्दै १ सय ४५ गोल गरेका छन् ।

यस्तै, युनाइटेडले सबै खेलाडी टेन हागको नेतृत्वमा टिमको प्रगति कायम राख्न र मैदानमा सफलता हासिल गर्न सँगै कार्य गरिरहेको जनाएको छ ।

प्रिमियर लिग सिजन २०२२/२३ सुरु हुन अघि नै युनाईटेड छोड्न चाहेका रोनाल्डोको पछिल्लो समय क्लबसँगको सम्बन्ध राम्रो थिएन । भने, उनको प्रदर्शन पनि खस्किएको थियो । धरै जसो प्रिमियर लिगका खेलमा उनलाई प्रशिक्षक एरिक टेन हागले बेन्चमै राखेका थिए ।

फुटबल करियरको उत्तरार्धमा रहेका रोनाल्डोका लागि आगामी यात्रा कठिन हुने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर