कांग्रेसले जित्यो गण्डकी प्रदेशसभामा पाँचौँ सिट
नेपाल प्रेस
२०७९ मंसिर ६ गते २३:०२
पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा जितेको सिट संख्या ५ पुर्याएको छ ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार बाग्लुङ १(२) मा कांग्रेस विजयी भएको छ । त्यहाँ कांग्रेसका उम्मेदवार डिल्लीराम सुवेदी निर्वाचित भएका हुन् ।
सुवेदीले १३ हजार ३२० मत प्राप्त गर्दै प्रदेश सभाको ढोका खोलेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका नवराज पौडेलले भने केबल ७ हजार २५३ मत ल्याउन सके ।
नेपाली कांग्रेसले यसअघि मुस्ताङमा २, मनाङ, बागलुङ २ (२) मा प्रदेशसभा निर्वाचन जितिसकेको छ ।
प्रतिक्रिया